सोमबार, बैशाख १७ २०८१

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु, १० जना घाइते

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु, १० जना घाइते


  • सक्रियखबर
  • बिहिबार, जेष्ठ ११ २०८०

  • रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १० जना घाइते भएका छन् ।

    सानीभेरी गाउँपालिका-३ घ्युढुंगाबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान करिब साढे आठ बजेतिर दुर्घटना भएको थियो । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । जिपमा १५ जना सवार थिए ।

    मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट – ८ का २२ वर्षीय रेखा खनाल, उनको छोरा रोशन केसी र सोही ठाउँका अर्काे एक महिलाको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार