सोमबार, बैशाख १७ २०८१

टेरेसा विश्वकर्मा र बलबहादुर राजवंशीको स्वरमा ‘चुलबुल चुलबुल प्यारी भाञ्जी’ म्युजिक भिडियो सार्वजनिक

टेरेसा विश्वकर्मा र बलबहादुर राजवंशीको स्वरमा ‘चुलबुल चुलबुल प्यारी भाञ्जी’ म्युजिक भिडियो सार्वजनिक


  • सक्रियखबर
  • सोमबार, भाद्र ६ २०७९

  • ‘चुलबुल चुलबुल मेरी भाञ्जी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। केही समय अगाडि पोखराको वर्णन गर्दै ‘मनमोहक पोखरा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका दीपेन्द्र अधिकारीले अहिले मामाभाञ्जीको आत्मियताको विषयमा बनाएकाे ‘चुलबुल चुलबुल मेरी भाञ्जी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।

    दीपेन्द्र अधिकारीको शब्द सृजना रहेको उक्त गीतमा बसन्त सापकोटाको संगीत, साहस शाक्यको संगीत संयोजन र भ्वाइस अफ नेपालबाट चर्चामा आएका बलबहादुर राजवंशी र भ्वाइस अफ किड्सबाट चर्चामा आएकी बाल गायिका टेरेशा विश्वकर्माको स्वर रहेको छ।

    दीपेन्द्रले आफ्नी भाञ्जीलाई प्रतिनिधिमूलक पात्र बनाएर मामाभाञ्जीको आत्मियतालाई गीतमार्फत् दर्शाएका छन्। यो भिडियोमा शहरमा भाञ्जीको र शहरको नजिकैको काँठ गाउँमा मामाको घर देखाइएको छ। शहर र गाउँको मिश्रित दृष्य र चालचलन देखाइएको भिडियो हेर्दा कथानक चलचित्र हेरेजस्तो आभास हुन्छ।

    यस्तै उत्तम हुमागाईंको छायांकन, निशान घिमिरेको सम्पादन र रोहन नेपालीको निर्देशन रहेको भिडियोमा महेश खड्का, आस्था पौडेल, नारायण अधिकारी, स्वराज अधिकारी, घनश्याम जोशी, विमला अधिकारी देवकोटा लगाएतका कलाकारहरुको अभिनय रहेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार