सोमबार, बैशाख १७ २०८१

बालबािलकाकाे अध्ययनमा काेराेनाकाे प्रभाव

बालबािलकाकाे अध्ययनमा काेराेनाकाे प्रभाव


  • शाम्भवी बाशिष्ठ
  • सोमबार, असार ६ २०७९

  • नेपालमा हरेक वर्ष लगभग ५ लाखको हाराहारीमा विद्यार्थीहरु SEE परिक्षामा सहभागी हुने गरेका छन् । यसै वर्ष पनि ५ लाख १४ हजार विद्यार्थीहरुले SEE को परिक्षा दिएका थिए ।

    विशेषगरी अहिलेको ग्रेडिङ प्रणाली अनुसार विद्यार्थीहरुलाई अनुत्तीर्ण नगराउने भनिरहँदा सवै जसो विद्यार्थीहरु फरक फरक ग्रेड ल्याएर उत्तीर्ण भईरहेका छन । यद्यपी १्२ विषयमा आफुले ल्याएको ग्रेडमा असन्तुष्टी भएमा मौका परिक्षा दिएर ग्रेड बढाउन सकिने प्राबधान पनि रहेको छ । त्यो विद्यार्थीको स्वईच्छामा निर्भर रहने गर्दछ ।

    पछिल्लो केहि वर्ष हामीले निकै ठुला महामारीको सामना गर्नुपरेको कुरा हामी सबैमा जगजाहेर नै छ । अहिले SEE मा उपस्थिती जनाएका विद्यार्थीहरु तिनै ठुला माहामारीले आक्रान्त मनोबृत्ति भित्र रहेर पनि आफ्नो जिवनका केहि लक्षहरुलाई साकार पार्ने सपना का साथ समाबेस भएका विद्यार्थीहरु हुन् ।

    विशेष गरेर विगत दुई बर्ष देखि कोरोनाको महामारी विचमा रुमल्लीएका विद्यार्थीहरु जसले कक्षा ८ मा अन्तिम परीक्षा दिन पाएनन् र नौ र दशमा त न उनीहरुले भौतिक रुपमा उपस्थित भएर कक्षा लिन नै पाए न त परीक्षा दिन नै, तर पनि टेक्नोलोजीको सहजताले पठन पाठन प्रकृया भने रोक्नु परेन यो पनि एकातिर बाट हेर्दा राम्रो कुरा नै मान्न सकिन्छ । खएर यसले कति नकारात्मक असर पार्‍यो भन्ने कुरा एकातिर राखौँ किनकि त्यतिबेला हामिसँग अरु बिकल्प थिएनन् भन्दा पनि फरक पर्दैन । मान्छे सँग मान्छे भेट्दा डराएर भाग्नु पर्ने अवस्था वाट बिकसित भएको मानसिकताको बिच उनीहरु २ बर्ष पछी एकैचोटी SEE परीक्षा मात्र भौतिक रुपमा उपस्थिती भएर परिक्षा दिन पाउने अवस्था सिर्जित भयो । अनलाईन को माध्यम बाट गरिएको पठन पाठन र भौतिक रुपमै उपस्थित भएर दिईएको परिक्षाले कस्तो प्रभाब रह्यो भन्ने कुराको नतिजा भने आउन बाँकि नै छ ।

    हामी सबै अभिभावकहरुले एउटा कुरा पक्कै विचार गर्‍यौँ होलाकी विगत २ बर्ष देखी हाम्रा बालबच्चाहरु अनलाईन माध्ययमबाट पढी रहँदा हाम्रो जस्तो देशमा एक्कासी अनलाईन प्रणालीबाट कक्षाहरु सुचारु रुपमा सञ्चालन भई विद्यार्थीहरुले नियमित रुपमा पढ्न पाउनु पनि अहोभाग्य हो । जति सञ्चालन भए ति कक्षाहरु अत्यन्तै ब्यवस्थित रुपमा सञ्चालन भए र यसमा शिक्षक शिक्षिका अभिभावक र विद्यालय व्यवस्थापनले धेरै मेहेनत गरेर मात्र सम्भव भयो । हो कतिपय ठाउँ र कतिपय विद्यालयमा अनलाईन कक्षाहरु सुचारु रुपमा सञ्चालन हुन सकेनन् होला तर जति ठाउँका विद्यालयहरु सञ्चालन भए त्यो नै राम्रो पक्ष मान्नु पर्छ । किन भने हाम्रो देश र हाम्रो शिक्षा प्रणालीको लागी नै यो नयाँ बिषय थियो । जेहोस जति बच्चाबच्चीहरुको पहुँचमा भयो। जति विद्यार्थीहरुले यी सुविधाहरु पाए त्यसमा पनि त गौरवान्वित हुनु पर्यो । शतप्रतिशत Efficiency त कुनै कुरामा पनि त हुँदैन ।

    अब कुरा गरौं अनलाईन सिकाई प्रणाली कस्तो रह्यो । विद्यालय ब्यवस्थापनको लागि यो नयाँ प्रणाली अंगाल्न एकखालको चुनौति नै थियो । त्यसमा पनि विद्यालयको तर्फबाट हर सम्भव प्रयास गरी शतप्रतिशत नतिजा दिने कोशिस गरेको भने पक्कै देखिन्छ । उनीहरुले आफ्नो अगाडी तेर्सिएको चुनौतीलाई अप्ठ्यारो सजिलो जसरी भए पनि पार गर्न धेरै हदसम्म सफल भए ।अब विद्यार्थीहरुमा सिकाईको प्रभावकारीता कस्तो रह्यो भन्ने वारेमा म एउटा अभिभावक र शिक्षिकाको नाताले आफुले देखेको र अनुभव गरेका कुराहरु पोख्न खोज्दै छु ।

    अधिकांश बच्चाहरुले अनलाईन कक्षामा सुनेका कुराहरु वर्णन गर्न राम्ररी सक्ने भएका छन् तर सोही कुरा कापीमा उतार्न कठिन मान्न थालेछन् भन्नुको तात्पर्य बिद्यार्थीहरुको लेखन क्रियाकलापहरुमा निकै कमि आएछ । यसो सरसर्ती हेर्दा त विद्यार्थीहरुले गणीतीय विषयहरु पनि कि त क्याल्कुलेटरको मद्धतबाट उत्तर निकाल्ने कि त मौखिक नै उत्तर भनि दिने । उनीहरुले कलम र कापी छुन त बन्द जस्तो नै गर्न थालेछन् । कक्षामा दिईएको नोट सार्नु पर्दा पनि ल्यापटप वा मोवाईलमा यूट्युबमा गीत वा केही नबजाई गर्न नै नहुने जस्तो भएछ बच्चाहरुको मानसिकता ।

    अत्यधिक इलेक्ट्रिक ग्याजेटको प्रयोगले गर्दा Mind divert त पक्कै भयो । अझै कतिपयले त कक्षामा सुनिरहनु भन्दा युट्युवमै हेर्छु बरु भन्न पनि थालेछन् । अभिभावकको पनि बाध्यता आफ्नो बच्चालाई अनलाईन कक्षा लिँदा उस्तै परे दुईवटा ग्याजेट दिनु पर्ने स्थिति रह्यो । एउटा ल्यापटप कक्षा लिनको लागि र अर्को मोवाईल कक्षा कार्य र गृह्यकार्यको फोटो खिचेर पठाउनको लागि उपलब्ध गराउनु पर्ने अवस्था सिर्जना भएको थियो ।अभिभावकको यहि वाध्यताको फाईदा उठाउँदै कतिपय विद्यार्थीहरु ग्याजेट एडिक्टेड नै भएको पनि धेरै सुन्नमा आएको छ । यो कोरोनाकालले अवश्य पनि बच्चाहरुमा मेहेनत गर्ने बानीमा धेरै ह्रास आएको छ ।

    हामी पनि एक हिसावले सोचौं त जुन समयमा विश्वमा अनगिन्ती मान्छेहरुले कोरोनाको कारण ज्यान गुमाई रहेका थिए त्यो बेलामा बालबच्चाहरुलाई लेखपढ गर भन्ने मनस्थितीमा थियो र ? यो अवस्था २-४ दिन बाट सुरु हुँदै दुई बर्ष नै वित्यो । सो अवधिमा बालबच्चाहरुलाई घरमा थुनेर राख्नुपर्ने अवस्था थियो । उनीहरुलाई कसरी स्वस्थ राख्ने भन्ने कुरामा मात्र ध्यान केन्द्रित थियो ।

    बाँच्यौ र बचायौँ भने अरु त देखा जाएगा भन्ने परिस्थिती थियो । सोही अवस्थाबाट गुज्रेर अगाडी बढेका विद्यार्थीहरु को पढाईमा धेर थोर कमिकमजोरी त आउने नै भए । यि कुराहरुलाई नजरअन्दाज गरेर हामी अभिभावकहरु आफु पनि हतोत्साहित हुने र आफ्ना बालबच्चाहरुलाई पनि हतोत्साहित बनाउनु हुंदैन । अहिलेका नयाँ पुस्ता आफ्नो समयानुसार चल्ने क्षमता राख्दछन र सोही अनुसार अगाडी बढ्नेछन । हामीले मात्र उनीहरुलाई राम्रो र सहि बाटो देखाई दिएर आफ्नो अभिभावकत्व पुरा गरि दिनु पर्छ ।

    अरु त समयको खेल पर्ख र हेरको विकल्प छैन जे होस यति धेरै अप्ठ्यारा परीस्थितिका बाबजुत पनि आफ्ना सपना साकार पार्न दिनरात मेहनत गर्नु हुने बिद्यार्थी भाईबहिनीहरुको नतिजा राम्रो आओस मेरो ब्यक्तिगत तर्फ बाट हार्दिक शुभकामना ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार