सोमबार, बैशाख १७ २०८१

ॐ शान्ति, पितृ देवो भवः

ॐ शान्ति, पितृ देवो भवः


  • सह.प्रा.डा.विनु वावा अर्याल
  • शुक्रबार, असोज २२ २०७८

  • ॐ शान्ति
    पितृ देवो भवः (श्राद्ध)

    आयु प्रजां धनं विद्यां स्वर्ग मोक्ष सुखानी च।
    प्रयच्छन्तु तथा राज्यं पितंरः(मातरः) श्राद्ध तर्पिता ।।१।।

    (श्राद्धमा तृप्त भएका पितृहरूको सन्तानलाई
    आयु सन्तति, धन, विद्या,स्वर्ग र मोक्षको सुख समेत
    आशिष रुपमा प्रदान गर्छन् )

    न सन्ती पितरश्चेति कृत्वा मानसी यो नरः।
    श्राद्धं न कुरुते तन्त्र तस्य रक्तं पिबन्ती ते ।।१।।

    (जो व्यक्ति पितृको अस्तित्व स्वीकार गर्दैनन्
    भने उसका पितृहरुको अप्रत्यक्षरुपमा उसको रक्त पान गर्दछन्)

    हे पितृ देवः देऊ राज्य हाम्रो हामीलाई
    श्रद्धा गरी श्राद्ध गर्दैछौं
    मिठो मिठो पिण्ड पकाई तिमीलाई हामी खुवाउँछौँ
    ब्रह्माले सिकाएको यो ब्रह्मविद्या सदा आत्मसात गर्दछौं
    यस भूमिमा सदा सर्बदा पितृ देव भनि गुणगान गर्दछौं
    तिम्रो किर्ती हराभरा बनाइ यो सूर्य चन्द्र रहुन्जेल गीत तिम्रो गाईरहन्छौं
    जीवनको कुनै मोडमा दुःखको पराकाष्ठाले हाँसेको हुन्छ
    आज हामी राष्ट्रप्रेमी नेपालीलाई त्यही दुःखको घडीले गाँजिरहेको छ
    देवता भन्दा पितृ ठूलो भन्ने शिक्षाले ओतप्रोत भई
    सधै तिमीलाई सम्झीने वानि परेका हामी
    जहाँ नदीनाला छ, तीर्थका थलो छ, त्यहि पिण्ड बटार्ने हाम्रो हात छ
    आज त्यही हातलाई बिदेशी लौरोले भाँच्दैछन्
    तिमीले दिएको यस शरीरलाई धुजा धुजा पारि चौटा चौटा गरी काट्दैछन
    बर्गर बनाएर खाना र खुवाउनमा तल्लीन छन्
    हे पितृ देवः तिमीले यस अवस्थालाई नजरअन्दाज गर्यौ भने
    थाहा छ तिमी पनि भोकै हुन्छौं
    तिमी लाई खुवाउने हामी, तिम्रो सपूत सन्तान पनि हुँदैनन्
    भोकले तड्पिएर भूत जस्तो भएर चारैतिर भौतारिदा तिमीलाई हाम्रो यादले सताउला,
    यो तिमीलाई लगाएको लान्छना हैन, कडा वचनको वर्षा पनि होइन,
    आफ्नो बाबु बाजेसंग गरेको आर्दनाद हो
    मुटुबाट फुटेर आएको रोदन क्रन्दन हो
    आफ्नो नीजिसँग गरेको घुर्की हो
    यहाँ विधर्मिको राजले धर्म सेलाउन आँट्यो, संस्कृति नासिन लाग्यो
    हराउदै गएको धर्म संस्कृतिले देशलाई बगाउन लाग्यो
    अतः आउ पितृ देवः
    हाम्रो राष्ट्र नेपाललाई बचाउन आउ, बचाउने मात्र हैन,
    ती कुलंगारहरुलाई सखाप पारेर वेदको ध्वनि, गुइँठाको धुनिले
    नेपाल आमालाई गुञ्जायमान गरी अजर अमर बनाउन आउ
    वैदिक सनातनीय हिन्दु धर्ममा मात्र,पितृदेव१ तिम्रो इज्जत हुन्छ
    भोकाएको पेट भरिन्छ
    नत्र तिमी पनि सिद्धिन्छौ, हामी पनि सिद्धिन्छौं
    समयमा नै हेक्का राखी
    यस सोह्र श्राद्धमा आह्वान गरेका तिमी पितृहरूले देशलाई बचाइ देउ
    हाम्रो राष्ट्र हामीलाई देउ
    तिमीलाई शिरमा राखेर, देवतालाई मुटुमा राखेर, हामी हाम्रो कर्म गर्दछौं
    भोलि आउने सन्तानहरुलाई खुला वातावरण दिन्छौं ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार