पार्टी नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि नेपाली कांग्रेसको देउवा पक्षका नेताहरू छलफलमा जुटेका छन् ।
ठमेलस्थित एक होटलमा भएको छलफलमा देउवा पक्षका नेताहरूले छलफल जारी राखेका छन् । जारी छलफलको संयोजक पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्काले गरेका छन् । छलफलमा डा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायतका नेता छन् ।
आज पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले पक्राउ गरेको थियो । एमालेले पक्राउको विरोधमा सडक प्रदर्शनमा उत्रिएको भएपनि कांग्रेसले अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन ।
