Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

बुधबारदेखि भरी सिलिन्डर ग्यास पाइने

बुधबारदेखि भरी सिलिन्डर ग्यास पाइने

मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • नेपाल आयल निगम लिमिटेडले भोलि बुधबारदेखि भरी सिलिन्डर अर्थात् १४.२ केजी ग्यास उपलब्ध हुने जनाएको छ ।

    निगमले तत्कालीन परिस्थितिलाई दृष्टिगत गरी एलपी ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आमउपभोक्ताको मागबमोजिम अर्को निर्णय नभएसम्मका लागि भरि सिलिन्डर ग्यास उपलब्ध गराउने निर्णय भएको जनाएको हो । 

    निगमले भरि ग्यास प्रति सिलिन्डर २ हजार ६० रुपैयाँमा बिक्रीवितरण गर्ने व्यवस्था मिलाइएको पनि जनाएको छ ।

    साथै, निगमले  हाल इन्डियन आयल कर्पोरेसनबाट नियमित रूपमा एलपी ग्यास आयात भइरहेको हुँदा आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न उपभोक्ता वर्गलाई आग्रह गरेको छ ।

    विज्ञप्ति

    oil-nigam-1784036986.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend