Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको आईसीसी लिग– २ सिरिज आजदेखि

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको आईसीसी लिग– २ सिरिज आजदेखि

मंगलवार, श्रावण ५ २०८३
मंगलवार, श्रावण ५ २०८३
  • आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिज आजदेखि सुरु हुँदै छ । 

    सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबियासबीच प्रतिस्पर्धा हुँदै छ । यो खेल नेपाली समयअनुसार आज दिउँसो २:४५ बजे नेदरल्यान्ड्सको घरेलु मैदान स्पोर्टपार्क मार्सचाल्करविर्डमा हुनेछ ।

    आठ टोली रहेको लिग– २ नेपाल ५औँ स्थानमा छ भने नेदरल्यान्ड्स तेस्रो तथा नामिबिया सातौँ स्थानमा रहेका छन् ।

    ओडीआई मान्यता र टी– विश्वकप छनोटका लागि महत्त्वपूर्ण मानिएको लिग– २ का बाँकी खेलमा नेपाललाई जित हासिल गर्नुपर्ने बाध्यता छ । लिग– २ मा २८ खेल खेलेको नेपालले ११ वटामा मात्रै जित निकालेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend