Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

बबरमहल क्षेत्रकाे अवस्था तनावग्रस्त, प्रहरीले गर्‍यो लाठीचार्ज

बबरमहल क्षेत्रकाे अवस्था तनावग्रस्त, प्रहरीले गर्‍यो लाठीचार्ज

शनिवार, चैत्र १४ २०८२
शनिवार, चैत्र १४ २०८२
  • नेकपा एमालेका कार्यकर्ता र प्रहरीबीचकाे झडपले बबरमहल क्षेत्रकाे अवस्था तनावग्रस्त बनेकाे छ । 

    प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच काठमाडौं जिल्ला अदालत अगाडि झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ ।

    प्रदर्शनकारीले सडकमा गुडिरहेका निजी सवारीसाधनमाथि तोडफोड गरेका छन् । अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका हुन् ।

    प्रदर्शनका क्रममा उग्र भएर एमाले कार्यकर्ताहरूले निजी सवारीसाधनमाथि ताेडफाेड गरेका हुन् । प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend