स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ ।
सोमबारको तुलनामा सुन तोलामा २ हजार ५०० ले बढ्दा चाँदी प्रतितोला २०५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य ५ हजार ८१५ रुपैयाँ निर्धारण भएको छ । सोमबार एक तोला सुन ३ लाख २६ हजार १०० र त्यति नै परिमाणको चाँदी ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ५ हजार २७८ र त्यति नै परिमाणको चाँदी ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
