२०८२ को दसैँलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुकिला नोट सटही कार्यक्रम २९ भदौदेखि सुरू गर्ने भएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आज सूचना जारी गर्दै सटही कार्यक्रम २९ भदौदेखि १० असोजसम्म सञ्चालन हुने जनाएको छ ।
सर्वसाधारण तथा संघ–संस्थाहरूले सुकिला नोटहरू नेपाल राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग, सातवटै प्रदेश कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) तथा इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट बैंकिङ समयभित्र सटही गर्न सक्नेछन् ।
राष्ट्र बैंकले प्रत्येक वर्ष दसैँ–तिहारजस्ता चाडपर्वहरूमा सार्वजनिक प्रयोजनका लागि नयाँ तथा सुकिला नोट वितरण गर्दै आएको छ ।

