Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

नेपालले टेस्ट टोली वेस्ट इन्डिजसँग ट्वान्टी–२० शृंखला खेल्ने

नेपालले टेस्ट टोली वेस्ट इन्डिजसँग ट्वान्टी–२० शृंखला खेल्ने

बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग टी-२० आई सिरिज खेल्ने भएको छ । 

    बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय टिमले वेस्ट इन्डिजसँग टी-२० आई सिरिज खेल्न लागेको जानकारी दिएको हो । सिरिज आगामी २७, २८ र ३० सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट स्टेडियममा हुनेछ । 

    नेपालले पहिलोपटक आईसीसी क्रिकेट विश्वकप विजेता वेस्ट इन्डिजसँग खेल्न लागेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । वेस्ट इन्डिजविरुद्धको सिरिजले नेपाली क्रिकेटको इतिहासमा नयाँ अध्याय थप्ने विश्वास क्यानले लिएको छ । 

    क्यानले सिरिजको सफल आयोजनामा सहयोग पुर्‍याउने इमिरेट्स क्रिकेट बोर्डप्रति पनि आभार प्रकट गरेको छ । 

    1-1749730617.JPG

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend