Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौँ महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना

दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौँ महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना

शनिवार, मंसिर ८ २०८१
शनिवार, मंसिर ८ २०८१
  • नेकपा एमालेले जागरणसभाका नाममा काठमाडाैंको दरबारमार्गस्थित सडक फोहोर गरेको भन्दै काठमाडाैं‌ महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तोकेको छ । 

    बिहीबार दरबारमार्गस्थित एमालेले गरेको जागरणसभाका क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले एमालेलाई जरिवाना तोकेको हो ।

    महानगरले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिवाना तोकिएको जनाएको छ ।

    एमालेले आज दरबारमार्गमा जागरणसभा गरेको थियो । सभालाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र महाससचिव शंकर पोखरेलले सम्बाेधन गरेका थिए । 

    d9af84b4-6820-4ed4-95a5-84e5ac473228-1732286706.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend