Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

नियम बाहिर मनोमानी रूपमा लगानी हुँदा सहकारी डुबे : सुरेश श्रेष्ठ

नियम बाहिर मनोमानी रूपमा लगानी हुँदा सहकारी डुबे : सुरेश श्रेष्ठ

आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सहकारीका सञ्चालकले नियम बाहिर गएर मनोमानी रूपमा लगानी गर्दा सहकारी डुबेको बताउनुभएको छ । 

    चम्पक बचत तथा ऋण सहकारीको १४ औँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले सहकारीका सञ्चालकले ऐन नियम तथा सहकारीको मर्म बाहिर गएर लगानी गर्ने तथा बचत रकम चलाउँदा सहकारी धारासायी भएको बताउनुभएको हो । 

    अहिले सहकारीको खबर भनेको बिहान उठ्दा देखि नसुत्ने बेला सम्म फलानो सहकारीको यती रकम हिनामिना सञ्चालक फरार जस्ता समाचार मात्र प्राथमिकतामा छन् यसमा दोष बचत कर्ताको पनि रहेको उहाँले बताउनुभयो । 

    बचत कर्ताले धेरै व्याज दिन्छ कुनै सहकारीले भने कसरी दिन्छ कहाँ बाट पैसा आउँछ र दिन्छ कहाँ कहाँ लगानी गरेको छ भनी बचत कर्ताले नहेर्दा सञ्चालकहरूले आफूखुसी जहाँ पायो त्यहाँ धितो विना नै लगानी गर्दा देश भर सहकारीमा समस्या आएको श्रेष्ठको भनाई थियो । 

    पवित्र उद्देश्यका साथ कहाँ कहाँ लगानी गर्नु हुने के गर्नु हुने भनी गरेको लगानीका सहकारी अहिले पनि समस्या ग्रस्त छैनन् चलेकै छन् यस बाट सहकारी समुदायमा नै आधारित हुँदा नडुव्ने रहेछ भनी प्रमाणित भएको समेत उहाँले बताउनुभयो । 

    कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रोजवहादुर तामाङ, छिन्नमस्ता महिला सहकारीकी अध्यक्ष सपना तामाङ, ग्रामीण अपागंता केन्द्रका रामकृष्ण पौडेल, चाँगु झौखेल दुवाकोट खानेपानीको अध्यक्ष प्रधुम्न पोखरेल लगायतका वक्ताले सहकारी ऐन नियम अनुसार नै चलेमा कहिले पनि नडुव्ने बताउनुभएको थियो । 

    साधारण सभामा उत्कृष्ट बचत कर्ता, सेयर सदस्य,  कर्मचारी, बाल बचत कर्ता, दैनिक बचत कर्ता, निक्षेप कर्ता आदीलाई सम्मान गरिएको थियो । 

    सहकारीले अघिल्लो आर्थिक वर्षमा २२ लाख ६ हजार २ सय ९ रुपैंया रहेको छ । अघिल्लो वर्ष ३५ लाख ५८ हजार ७ सय ६४ रुपैंया नाफा कमाएको संस्थाले यो वर्ष देशमा आएको मन्दी आदिका कारण २२ लाख मात्र नाफा गर्न सकेको जनाएको छ । 

    देश भरका अधिकांश सहकारी घाटामा जाँदा पनि समुदायमा आधारित तथा समुदायमा नै सञ्चालन भएको संस्था भएका कारण एक रुपैयाँ मात्र नाफा गर्न सक्नु पनि संस्थाको उपलब्धि भएको सहकारीले जनाएको छ । 

    चम्पकको कुल सम्पत्ति भने २३ करोड ६७ लाख ४५ हजार २ सय ९५ पुगेको संस्थाले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend