भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा गर्ने घोषणा गरेका छन् ।
आइतबार आम आदमी पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै उनले दुई दिनभित्र पदबाट राजीनामा दिने घोषणा गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
केजरीवालले दिल्लीमा समयभन्दा अगावै निर्वाचन गर्नुपर्ने माग गरे । उनले जनताको फैसला नआएसम्म मुख्यमन्त्रीको कुर्सीमा नबस्ने जिकिर गरे ।
दुई दिनअघि जमानतमा जेलबाट बाहिर आएका केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा गर्ने उद्घोष गरेका हुन् ।
उनले भने, ‘भाजपाले ममाथि बेइमानी, भ्रष्टाचारको आरोप लगाएको छ । अब जनताको अदालतमा मेरो इमानको फैसला हुने छ । दुई/तीन दिनमा विधायकहरूको बैठकमा नयाँ मुख्यमन्त्री चयन गरिने छ । चुनावसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।’
