Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

तीन वर्षअघि उद्घाटन भएको धरहरा असोज ३ गतेदेखि सञ्चालनमा आउने

तीन वर्षअघि उद्घाटन भएको धरहरा असोज ३ गतेदेखि सञ्चालनमा आउने

शुक्रवार, भाद्र २८ २०८१
शुक्रवार, भाद्र २८ २०८१
  • धरहरा आउँदो असोज ३ गतेदेखि सञ्चालन हुने भएको छ ।

    हिजो बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । धरहरा सञ्चालनको जिम्मेवारी सङ्घीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ ।

    २०७२ सालको भूकम्पले ढलेको धरहरा आधुनिक र सुविधायुक्त बनाइएको छ । बाहिरीस्वरूप पुरानो धरहराजस्तै देखिने बनाइएको भए पनि भित्री संरचना भने फरक छ । बाहिरबाट हेर्दा ११ तला जस्तो देखिने धरहरामा भित्री संरचना २२ तलाको छ । दुईवटा लिफ्टबाट धरहरा चढ्न सकिने व्यवस्था मिलाइएको छ ।

    भूकम्पले भत्किएको पुरानो धरहराको भग्नावशेष खुलारूपमा अवलोकन गर्न सकिने गरी सुरक्षित राखिएको छ । धरहरा टावरमुनि तीन तले पार्किङ बनाइएको छ । धरहरा परिसरमा प्रशासनिक भवन र सङ्ग्रहालय लगायतका संरचना पनि बन्दैछन् ।

    धरहराको उद्घाटन भने तीन वर्षअघि नै भइसकेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend