Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

डेँगीबाट झापामा दुई जनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित

डेँगीबाट झापामा दुई जनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित

सोमवार, भाद्र २४ २०८१
सोमवार, भाद्र २४ २०८१
  • कोशी प्रदेशमा डेँगीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेँगी सङ्क्रमणका कारण झापामा दुई जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य कार्यालयका डेँगी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेँगीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन् । झापामा साउन १ यता सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ ।

    कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा सङ्क्रमितको सङ्ख्या पाँच सय ३२ पुगेको छ भने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेँगीका सङ्क्रमित धेरै पाइएको छ । ताप्लेजुङमा भने डेँगीको एक जना पनि सङ्क्रमित पाइएको छैन ।

    स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेँगीको सङ्क्रमण भएको छ । यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुङ्गामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँच जना, खोटाङमा चार जना र तेह्रथुममा दुई जनामा डेँगी सङ्क्रमण भएको पाइएको छ । गत वैशाखदेखि नै कोशी प्रदेशका अधिकांश जिल्लामा डेँगीको सङ्क्रमण फैलिन थालेको थियो । वैशाखदेखि असारसम्म कोशीमा तीन सय ८६ जनामा डेँगी सङ्क्रमण भइसकेको थियो ।

    झापामा साउन १ यता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेँगीको सङ्क्रमण भेटिएको छ । त्यसपछि दमकमा २२ जनामा सङ्क्रमण पुष्टि भयो भने हल्दिबारीमा सातजना र भद्रपुरमा पाँच जनामा डेँगीको सङ्क्रमण भेटिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend