Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

‘हेर्ने कथा’ बाट चर्चामा आएका प्रकाशलाई घरमै लगेर दिइयो नागरिकता

‘हेर्ने कथा’ बाट चर्चामा आएका प्रकाशलाई घरमै लगेर दिइयो नागरिकता

आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • 'हेर्ने कथा'मार्फत परिवारसँग पुनर्मिलन भएका प्रकाश माेक्तानले नागरिकता पाएका छन् । 

    उनलाई भाेजपुरकाे षडानन्द नगरपालिकाको टाेलीले घरमै पुगेर नागरिकता प्रदान गरेकाे हाे । 

    षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले माेक्तानलाई नागरिकता हस्तान्तरण गरे । साे अवसरमा  वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालयका प्रमुख विनोद ज्ञवाली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईंलगायत उपस्थित थिए । 

    प्रकाशलाई नागरिकता दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले नै पहल गरेका थिए । वर्षाैंपहिले करिब १० वर्षकाे उमेरमा झापाबाट कामकाे खाेजीमा काठमाडाैं आएका प्रकाश हराएका थिए । 

    उनी गाेरखाकाे एक गाउँस्थित साहुकाे घरमा काम गर्दै आएका थिए । हेर्ने कथा कार्यक्रममार्फत परिवारसँग उनकाे पुनर्मिलन भएकाे हाे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend