Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

पाँचथर विस्फोटमा घाइते दुई बालबालिकाको मृत्यु

पाँचथर विस्फोटमा घाइते दुई बालबालिकाको मृत्यु

शुक्रवार, भाद्र १४ २०८१
शुक्रवार, भाद्र १४ २०८१
  • पाँचथरको फालेलुङ-५ प्राङबुङमा भएको विस्फोटमा परेका दुई बालबालिकाको मृत्यु भएको छ । एकै परिवारका दाजु बैनीको मृत्यु भएको हो ।

    घाइते दुई वर्षीया प्रिन्सा साँवाको उपचारका लागि लैजाँदै गर्दा इलाममा र उनको दाइ ११ वर्षीय दिप्सन साँवाको उपचारका क्रममा बी एण्ड सी अस्पताल झापामा मृत्यु भएको प्रहरी जनाएको छ ।

    अर्का घाइते पवन राईको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।

    विस्फोटको कारण उनीहरूको शरीर जलेको छ । बिहीबार दिउँसो विस्फोट भएको थियो । ग्रिनेट विस्फोट भएको प्रारम्भिक अनुमान छ । सोही स्थानमा अर्को शंकास्पद बस्तु पनि फेला परेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend