दिनेश डिसी चलचित्र विकास बोर्डको अध्यक्ष बनेका छन् ।
उनलाई बिहीबार मन्त्रिपरिषद्ले अध्यक्ष नियुक्त गरेको हो । चलचित्र कर्ममा रहेका डिसीले समग्र चलचित्रक्षेत्रको नियमन मात्र होइन विकासका लागि काम गर्ने जिम्मेवारी पाएका हुन् ।
यसअघिका अध्यक्ष भुवन केसीको पदावधि सकिएपछि बोर्ड अध्यक्षको पद रिक्त थियो ।
डिसी फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी हुन् । उनले सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट अभिनय सुरु गरेका हुन् ।
