Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

रामेछापको दोरम्बामा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ८ जना बेपत्ता

रामेछापको दोरम्बामा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ८ जना बेपत्ता

आइतवार, भाद्र ९ २०८१
आइतवार, भाद्र ९ २०८१
  • रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ लेकखर्कमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । सोही पहिरोमा परी ८ जना हराइरहेका छन् ।

    शनिबारदेखि भएको अविरल वर्षापछि पहिरो गएको छ । पहिरोमा पुरिएकामध्ये दुई जनाको शव निकालिएको छ भने हराइरहेकाहरूको खोजी भइरहेको छ । शव भेटिएकामध्ये एक जना बालक छन् ।

    स्थानीय र प्रहरीले उद्धारको प्रयास गरिरहेका छन् । ठूलो पहिरो गएकाले उद्धारमा कठिनाइ भइरहेको जनाइएको छ । पहिरोले ३ वटा घर र एउटा पक्की पुल बगाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend