Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

नागढुंगामा पहिरो खसेपछि सडक अवरुद्ध

नागढुंगामा पहिरो खसेपछि सडक अवरुद्ध

बुधवार, भाद्र ५ २०८१
बुधवार, भाद्र ५ २०८१
  • काठमाडौंको मुख्य नाका नागढुंगानजिक पहिरो खसेको छ । 

    बुधबार बिहान ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो । नागढुंगाको नाग मन्दिरनजिक ठूलो पहिरो खसेकाले सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

    पहिरो पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ । बेला-बेलामा पहिरो खसिरहेकाले पन्छाउन समस्या भइरहेको छ । प्रहरीका अनुसार सडक अवरुद्ध हुँदा काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधन बाटोमै रोकिएका छन् ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend