Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

छक्का पञ्जा-५ फिल्मको गीत ‘बिहे भएको छैन’ सार्वजनिक

छक्का पञ्जा-५ फिल्मको गीत ‘बिहे भएको छैन’ सार्वजनिक

सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • दीपक-दीपकाको फिल्म ‘छक्का पञ्जा-५’ को गीत ‘बिहे भएको छैन’ सार्वजनिक भएको छ ।

    असोज २४ अर्थात् फुलपातीबाट प्रदर्शनमा आउने यस फिल्मको प्रचार सामग्रीको रुपमा निर्माण पक्षले गीत सार्वजनिक गरेको हो । 

    गीतमा फिल्मका नायक दीपकराज गिरी र नायिका वर्षा सिवाकोटी फिचर्ड छन् । भिडियोमा उनीहरु जोडीका रुपमा प्रस्तुत भएका छन् ।भिडियोको अन्त्यमा केदार घिमिरे ‘माग्ने बूढा’लाई झुलुक्क देख्न सकिन्छ । यस गीतमा सविन सुवेदी  र बेनिशा पौडेलले स्वर दिएका छन् भने दीपकराज र दीपक शर्माको शब्द रहेको छ । 

    असोज २४ फुलपातीबाट प्रदर्शनमा आउने यस फिल्ममा दीपकराज, वर्षा र माग्ने बूढा शीर्ष भूमिकामा रहेका छन् । बाँकी कलाकार भने निर्माण पक्षले गोप्य राखेको छ । यो गीतमा पनि उनीहरूलाई देखाइएको छैन । 

    यो फिल्म ‘छक्का पञ्जा’को पांचौँ सिक्वेल हो । छक्का पञ्जा सिक्वेव बक्स अफिसमा हिट छ । यसको निर्देशक दीपाश्री निरौला हुन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend