Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

शुक्रवार, श्रावण २५ २०८१
शुक्रवार, श्रावण २५ २०८१
  • कोशी र कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।

    कोशीले आदिवासी जनजाति दिवसको अवसरमा बिदा दिएको हो भने कर्णाली प्रदेशले भने नागपञ्चमीको अवसरमा सार्वजनिक बिदा दिएको हो ।

    कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व आदिवासी दिवसको अवसरमा २५ साउनमा प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

    त्यस्तै, कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले नागपञ्चमीको अवसरमा प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिइएको भन्दै सूचना जारी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend