बंगलादेशको अन्तरिम सरकारको प्रमुख मुहम्मद युनिस बनेका छन् ।
राष्ट्रपति मोहम्मद शहाबुद्दीनले विवादास्पद आम निर्वाचनमार्फत गठन गरेको १२ औँ संसद् विघटन गरेको केही घण्टापछि युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको बङ्गलादेशी पत्रिका न्यूएजले समाचारमा उल्लेख गरेको छ ।
आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुखसमेत सहभागी बैठकले युनिसलाई अन्तरिम सरकारको प्रमुख बनाउने निर्णय गरेको बताइएको छ ।
विद्यार्थी नेतृत्वको आन्दोलन अशान्तिमा परिणत भएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छोडेकी थिइन् ।
