बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा दिएकी शेख हसिना भारत पुगेकी छन् ।
उनी चढेको विमान भारतको गाजियावादस्थित एयरबेसमा ल्यान्ड गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ । यद्यपि यसको स्वतन्त्र पुष्टि भएको छैन । यसैबीच उनी भारतबाट लन्डन जान सक्ने सम्भावना रहेको जनाइएको छ ।
उता बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार गठन गरिने घोषणा गरेका छन् । बंगलादेशमा इन्टरनेट सेवा बन्द गरिएको छ भने अन्तर्राष्ट्रिय विमानस्थल पनि ६ घण्टाका लागि बन्द गरिएको छ । ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको बंगलादेशको सेनाले जनाएको छ ।
