Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

अन्तरिम सरकार बनाउने बंगलादेश सेना प्रमुखको घोषणा

अन्तरिम सरकार बनाउने बंगलादेश सेना प्रमुखको घोषणा

सोमवार, श्रावण २१ २०८१
सोमवार, श्रावण २१ २०८१
  • बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेसँगै बंगलादेशमा अन्तरिम सरकार बन्ने भएको छ । बंगलादेशका सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठनको घोषणा गरेका हुन् ।

    बंगलादेशको संचारमाध्यम ढाका ट्रिब्युनका अनुसार बंगलादेशका राजनैतिक दलहरुसँग सेना प्रमुखले गरेको छलफलको आधारमा अन्तरिम सरकार गठन हुने भएको हो ।

    सेना प्रमुखको पत्रकार सम्मेलनलाई उध्रदत गर्दै ढाका ट्रिब्युन लेखेको छ, ‘सबै राजनीतिक दलसँगको फलदायी छलफलपछि हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौं । हामी अहिले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग यस विषयमा कुरा गर्नेछौं जसमार्फत यो स्थिति समाधान गर्न सकियोस् ।’

    उनले अन्तरिम अन्दोलनकारीहरुलाई हिंसात्मक आन्दोलन स्थगित गर्न आह्वान गर्दै आन्दोलनमा ज्यान गुमाएकाहरुलाई न्याय पाउने आश्वसन समेत व्यक्त गरेका छन् ।

    बंगलादेशमा आरक्षण पद्धतीको विषयलाई लिएर केही समयदेखि आन्दोलन भइरहेको छ भने हालसम्म सो आन्दोलनमा ३०० जनाले ज्यान गुमाइसकेका छन् । आइतबार रातिमात्र १०० जना आन्दोलनकारीले ज्यान गुमाएको रिपोर्टमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend