Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

राजीनामा दिएर भागिन् बंगलादेशकी प्रधानमन्त्री शेख हसिना

राजीनामा दिएर भागिन् बंगलादेशकी प्रधानमन्त्री शेख हसिना

सोमवार, श्रावण २१ २०८१
सोमवार, श्रावण २१ २०८१
  • बंगलादेशमा आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिना वाजेद भागेकी छिन् । उनी सेनाको विशेष हेलिकोप्टरबाट उनी भारततर्फ उडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । 

    आरक्षणको विरोधमा चर्किएको आन्दोलनका क्रममा आइतबार ९० जनाको मृत्यु भएको थियो । त्यसपछि त्यहाँको सत्ता सेनाले नियन्त्रणमा लिने चर्चा भइरहेका बेला प्रधानमन्त्रीले देश छाडेकी हुन् । 

    पूरा बंगलादेशमा इन्टरनेट सेवा बन्द गरिएकाे समेत बताइएकाे छ । हसिना आफ्नी बहिनीसहित भागेकाे जनाइएकाे छ । केही समयपछि त्यहाँका सेना प्रमुखले देशवासीका नाममा सम्बाेधन गर्ने तयारी भइरहेकाे छ । हालै भएकाे चुनावमा हसिनाकाे पार्टीले एकलाैटी जित हासिल गरेकाे थियाे । तर साे चुनाव विपक्षी पार्टीले बहिस्कार गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend