Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

कर्णालीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ

कर्णालीमा कांग्रेसका चार मन्त्रीले लिए शपथ

आइतवार, श्रावण २० २०८१
आइतवार, श्रावण २० २०८१
  • कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् पुनःगठन गठन गरेका छन् ।

    आइतबार कांग्रेसका तर्फबाट चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ ग्रहण गरेका हुन् ।

    राजीव विक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा र विजया बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन् । नवनियुक्त मन्त्रीहरूले आइतबारै पदभार ग्रहण गर्ने छन् ।

    कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले प्रदेशसभामा विश्वासको मत पाउने पक्का भएको छ । मुख्यमन्त्री कँडेलले सोमबार प्रदेशसभामा विश्वासको मत लिँदै छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend