Logo

२०८३, श्रावण २२ गते | Aug 07 2026

आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न अमेरिकाको आग्रह

आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न अमेरिकाको आग्रह

आइतवार, श्रावण २० २०८१
आइतवार, श्रावण २० २०८१
  • पश्चिम एसियामा बढ्दो तनावका बीच अमेरिकाले आफ्ना नागरिकलाई जतिसक्दो छिटो लेबनानबाट निस्कन आग्रह गरेको छ ।

    राजधानी बेरुतस्थित अमेरिकी दूतावासले एक चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई उपलब्ध कुनै पनि टिकटमा लेबनान छोड्न भनेको बीबीसीले लेखेको छ । 

    आइतबार राति हिजबुल्लाहले उत्तर इजरायलको हिलेल क्षेत्रमा कैयौं रकेट हानेको इजरायली मिडियाले जनाएका छन् । यो आक्रमणमा मानवीय क्षति भएको जानकारी अहिलेसम्म आएको छैन । 

    गत मंगलबार इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फौदलाई मारेको दाबी गरेको केही घण्टालगत्तै इरानको राजधानी तेहरानमा हानिया मारिएको खबर आएको थियो । यसपछि इरानले इजरायलमाथि जवाफी कारबाही गर्ने बताएको छ । 

    तनावले लडाइँको रूप लिनसक्ने आशंका विभिन्न देशले क्षेत्रस्थित आफ्ना दूतावासमार्फत नागरिकलाई फिर्ता बोलाउन थालेका हुन् । यसअघि बेलायती  विदेशमन्त्री डेभिड ल्यामीले पनि यस्तै चेतावनी जारी गरेका थिए । क्षेत्रमा तीव्रताका साथ परिस्थिति बिग्रन सक्ने भन्दै जतिसक्दो चाँडो लेबनानबाट निस्कन बेलायती नागरिकलाई उनले आग्रह गरेका थिए । जोर्डनका विदेशमन्त्रीले पनि आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न चेतावनी जारी गरेका छन् । 

    सोसल मिडियामा पोस्ट गरिएको भिडियोमा आइतबार राति हिजबुल्लाहले प्रहार गरेका मिसाइललाई एयर डिफेन्स सिस्टमले निष्कृय पार्दै गरेको देखिएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to shakriyakhabar.com  | Site By : SobizTrend