ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन् । उनले डेमोक्र्याटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित भएको प्रतिक्रयाा दिइन् ।
राष्ट्रपति जो बाइडेनले आफूलाई राष्ट्रपतिको दौडबाट टाढा राख्दै ह्यारिसलाई राष्ट्रपतिको लागि समर्थन गरेपछि ह्यारिसले भर्चुअल रोल कलमा कुनै विरोधको सामना गर्नु परेन ।
नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गर्न सके उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नेछिन् ।
