सोमबार, बैशाख ३१ २०८१

विश्वभर १९८३ जना नेपालीमा कोरोना संक्रमण, ४९ जनाको मृत्यु

विश्वभर १९८३ जना नेपालीमा कोरोना संक्रमण, ४९ जनाको मृत्यु


  • सक्रियखबर
  • आइतबार, बैशाख १४ २०७७

  • कोरोना भाइरसबाट विश्वभर करिब १ हजार ८ सय जनामा भाइरसको संक्रमण देखापरेको छ । ४९ नेपालीको मृत्यु भएको छ ।
    लण्डनबाट कोडिभ १९ उच्चस्तरी समिति गैरआवासीय नेपाली संघका प्रेस संयोजक चिरन शर्माले जारी गरेको वक्तव्यमा शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको जनाइएको छ ।

    गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार बेलायतमा ३३, अमेरिकामा १०, युएईमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १ जना गरी ४९ नेपालीको ज्यान गएको हो ।

    यस्तै विदेशमा कोरोना संक्रमण भएका गैरआवासीय नेपालीमध्ये ४३४ जना कोरोनामुक्त भएको सो समितिले जनाएको छ ।
    संक्रमित हुनेमा देशहरुमा अमेरिका १ हजार, युके ७ सय, युएई ८१, बहराइन ४९, कुवेत ४२, प्रोतुगल २७, आयरल्याण्ड २२, स्पेन १२, अष्ट्रेलिया ११, स्वीजरल्याण्ड ५, बेल्जियम ६, साउदी अरब ४, जर्मनी ४, मलेशिया ३, क्यानाडा ३, न्युजरल्याण्ड ३, साईप्रस ३, जापान २, हङकंङ २, मल्टा २ र फ्रान्स १ संक्रमित रहेको समितिले जनाएको छ ।

    समितिले विदेशस्थित बिभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसँस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको तथ्यांक संकलन गर्दै आएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार