शुक्रबार, जेष्ठ ४ २०८१

चौथो खेलमा नेपाललाई २८ रनले हराउँदै वेस्ट इन्डिज एले जित्यो टी–२० सिरिज

चौथो खेलमा नेपाललाई २८ रनले हराउँदै वेस्ट इन्डिज एले जित्यो टी–२० सिरिज


  • सक्रियखबर
  • बिहिबार, बैशाख २० २०८१

  • वेस्टइन्डिज ‘ए’ले चौथो टी २० खेलमा घरेलु टोली नेपाललाई २८ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ ।

    एक खेल बाँकी छँदै वेस्ट इन्डिज ‘ए’ले सिरिज जितेकाे हाे । वेस्ट इन्डिज ‘ए’ चारमध्ये तीन खेलमा विजयी भयाे । नेपालले पहिलाे खेलमा जित हात पारे पनि त्यसपछिका लगातार तीन खेलमा पराजित भयाे ।

    बिहीबार त्रिवि क्रिकेट मैदानमा भएकाे चाैथाे खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालविरुद्ध २८ रनकाे जित हात पार्‍याे । वेस्ट इन्डिज ‘ए’ले दिएकाे २ सय १० रनकाे लक्ष्य पछ्याएकाे नेपाल ९ विकेट गुमाउँदै १ सय ८१ रनमा राेकियाे ।

    नेपालका लागि कप्तान राेहित पाैडेलले ४७ बलमा ८२ रनकाे शानदार पारी खेले पनि जितका लागि पर्याप्त हुन सकेन ।

    टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रनको योगफल तयार पार‍ेको थियो ।

    नेपालका लागि कुशल भुर्तेलले २ र प्रतिश जिसीले १ विकेट लिए ।

     सिरिजकाे अन्तिम खेल शनिबार हुनेछ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार