शुक्रबार, जेष्ठ ४ २०८१

धादिङमा आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

धादिङमा आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु


  • सक्रियखबर
  • बिहिबार, बैशाख २० २०८१

  • धादिङमा घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ । थाक्रे गाउँपालिका- ५ मा ७० वर्षीय तेजबहादुर लामाको घरमा आगलागी हुँदा उनीसहित उनकी ७० वर्षीया श्रीमती ठूली तामाङको मृत्यु भएको हो ।

    धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीका अनुसार घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ ।

    प्रहरीका अनुसार गए राति घरमा आगलागी भएको थियो । आगलागीको सूचना पाएपछि प्रहरी घटनास्थल पुग्दा दम्पतीको मृत्यु भइसकेको थियो । कसरी आगलागी भयो भन्ने यकिन विवरण प्राप्त नभए पनि विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

    ‘राति करिब ११ः३० बजे घरमा आगो लागेको खबर पायौँ । हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा उहाँहरूको मृत्यु भइसकेको थियो’, प्रहरी उपरीक्षक केसीले भने ।

    आगलागीबाट घरमा पूर्ण रूपमा क्षति भएको छ । राति नै आगलागी नियन्त्रणमा लिइएको थियो ।

    त्यस्तै गोरखामा आगलागीबाट दुईवटा घर र चारवटा गोठ जलेका छन् । गोरखा नगरपालिका–५, स्थित ठूलोरिपमा घर नजिकै जङ्गलमा लागेको डढेलो बस्तीमा पुग्दा स्थानीय पार्वती राना र रुपा रानाको घर जलेका हुन् ।

    आगलागीबाट पार्वतीको दुईकोठे र रूपाको दुईकोठे घर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका स्प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । सोही ठाउँका पूर्णबहादुर मगरको गोठ पनि जलेको उनले बताए । पालुङटार नगरपालिका–९ चालिसेडाँडामा आगलागीबाट तीनवटा गोठमा क्षति भएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार