शुक्रबार, जेष्ठ ४ २०८१

आईपीएल : चेन्नाईविरुद्ध पञ्जाबको सहज जित

आईपीएल : चेन्नाईविरुद्ध पञ्जाबको सहज जित


  • सक्रियखबर
  • बिहिबार, बैशाख २० २०८१

  • इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा पञ्जाब किङ्सले चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गरेको छ ।

    सुरुवाती ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । १६३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले १७.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

    चेन्नईका लागि अजिङ्क्या रहाणेले २९ तथा ऋतुराज गायकवाडले ६२ रन जोडेका थिए । शिवम दुवे शून्यमा आउट हुँदा रवीन्द्र जडेजा पनि २ रन जोड्दै पेभेलियन फर्किए । त्यस्तै समीर रिजवीले २१ तथा मोइन अलीले १५ रन जोडे भने महेन्द्रसिंह धोनी १४ रन जोड्दै आउट भए । डेरी मिचेल भने १ रनमा नटआउट रहे ।

    बलिङतर्फ पञ्जाबका हरप्रित ब्रार र राहुल चाहरले २/२ विकेट लिए । त्यस्तै कागिसो रवाडा र अर्सदीप सिंहले १/१ विकेट लिए ।

    जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबका प्रभसिमरन सिंहले १३ रन जोडे भने जोनी वेयरिस्टोले ६६ तथा रइली रुसोले ४३ रन जोडे । शसांक सिंह २५ तथा साम करण २६ रनमा नटआउट रहे ।

    चेन्नईका लागि सार्दुल ठाकुर, रिचार्ड ग्लेसन तथा शिवम दुवेले १/१ विकेट लिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार