शुक्रबार, जेष्ठ ४ २०८१

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथो खेल आज

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथो खेल आज


  • सक्रियखबर
  • बिहिबार, बैशाख २० २०८१

  • वेस्टइन्डिज ‘ए’ सँगको टी-२० चौथो खेल खेल्न नेपाली टोली आज मैदानमा उत्रँदै छ ।

    दिउँसो सवा १२ बजे नेपाल र वेस्टइन्डिजबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

    यसअघिका दुई खेलमा नेपालले एक जित र दुई हार व्यहोरेको छ । जसका कारण सिरिज जित्नका लागि आजको खेल जित्नै पर्ने दबाबमा नेपाल रहेको छ ।

    नेपालले यसअघि टी-२० विश्वकप खेल्ने खेलाडीहरूको घोषणा गरेको थिइन । जसका कारण वेस्टइन्डिजसँगको तीन खेललाई नेपालले विश्वकप स्क्वाडमा पर्ने नेपाली खेलाडीको परीक्षणका रूपमा लिएको थियो । जसका कारण कतिपय खेलमा सम्भावना बोकेका खेलाडीलाई मौका दिइएको थियो ।

    तर, विश्वकपका लागि टिम घोषणा गरिसकेको सन्दर्भमा आगामी दुई खेलमा नेपालले सोही टोलीलाई मैदानमा उतार्ने सम्भावना छ । जसका कारण खेलाडीलाई विश्वकपका लागि अभ्यासको राम्रो अवसर प्राप्त हुनेछ ।

    विश्वकपमा नेपाल दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्डसरहेको समूहमा परेको छ । जसका कारण वेस्टइन्डिजसँगका आगामी दुई खेल विश्वकपको तयारीका रूपमा रहने र सोहीअनुसार प्लेइङ ११ चयन हुने सम्भावना छ ।

    आज चौथो खेल हुँदा पाँचौँ तथा अन्तिम खेल आगामी शनिबार हुनेछ । यसअघि भएका तीन खेलमा नेपालले पहिलो खेल ४ विकेटले जितेको थियो । त्यस्तै दोस्रो खेलमा १० तथा तेस्रो खेलमा नेपाल ७६ रनले पराजित भएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार