मंगलबार, जेष्ठ १ २०८१

‘आप्रवासन भिसा’अस्थायी रूपमा स्थगित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा

‘आप्रवासन भिसा’अस्थायी रूपमा स्थगित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा


  • सक्रियखबर
  • मंगलबार, बैशाख ९ २०७७

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण अमेरिकामा प्रवेश गर्न चाहनेका लागि दिँइदै आएको ‘आप्रवासन भिसा’अस्थायी रूपमा स्थगित गर्ने बताएका छन् ।

    ‘अदृश्य दुश्मनबाट आक्रमणका साथै हाम्रा महान अमेरिकी नागरिकहरूको रोजगारी जोगाउनु पर्ने परिस्थिति उत्पन्न भएका कारण संयुक्तराज्य अमेरिकामा अध्यागमनलाई अस्थायी रूपमा निलम्बन गर्न कार्यकारी आदेशमा म हस्ताक्षर गर्दैछु’ ट्रम्पले ट्वीट गरेका छन् ।

    उनले कार्यकारी आदेशबाट कुन अध्यागमन कार्यक्रममा के असर पर्न सक्छ भन्ने बारेमा कुनै विवरण प्रस्तुत गरेका छैनन् । ह्वाइट हाउसले पनि राष्ट्रपतिको ट्वीटमा गरिएको घोषणाका बारेमा विस्तृत जानकारी दिन अस्वीकार गरेको छ ।

    अमेरिकी विदेश मन्त्रालयले महामारीका कारण आप्रवासी भिसा लगायत प्रायः सबै भिसा प्रक्रिया हप्तौँदेखि स्थगित गरेको छ ।

    अमेरिकामा हालसम्म ७ लाख ५० हजार बढी व्यक्ति कोरोना संक्रमित भएका छन् भने ४२ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार