मंगलबार, जेष्ठ १ २०८१

नेपालसँगको सीमा समस्या समाधान गर्छौं : नरेन्द्र मोदी

नेपालसँगको सीमा समस्या समाधान गर्छौं : नरेन्द्र मोदी


  • सक्रियखबर
  • बिहिबार, जेष्ठ १८ २०८०

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमा विवाद समाधान हुने बताएका छन् ।

    भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशको सम्बन्धलाई हिमालय जति उचाई दिन काम गरिरहने बताए ।

    उनले नेपाल–भारत सम्बन्धलाई हिमालको जस्तै उचाई दिने काम भइरहेको बताएका छन् ।  उनले सीमा विवाद पनि यहीँ भावनाका साथ समाधान हुने बताए ।

    “हामी हाम्रो सम्बन्धलाई हिमालय जस्तै उचाई दिने काम गर्नेछौँ,” उनले भने, “यही भावनाका साथ हामी सबै विषयमा संवाद गर्नेछौँ र समस्या समाधान गर्नेछौँ । सीमाको विषयमा होस् वा अरु केही सबै समाधान हुनेछ ।”


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार