बिहिबार, बैशाख २० २०८१

एसीसी प्रिमियर कप : लगातार चार खेल जित्दै नेपाल सेमिफाइनलमा

एसीसी प्रिमियर कप : लगातार चार खेल जित्दै नेपाल सेमिफाइनलमा


  • सक्रियखबर
  • बुधबार, बैशाख ५ २०८१

  • नेपाल अपराजित रहँदै एसीसी प्रिमियर कप टी२० प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

    बुधबार नेपालले समूह ए को अन्तिम खेलमा साउदी अरेबियामाथि ६ विकेटको जित निकाल्यो । यो जितसँगै नेपाल समूह विजेता बनेर सेमिफाइनल पुगेको हो ।

    ओमानको अलअमिरात मैदानमा वर्षाका कारण नेपाल र साउदीबीचको खेल आठ आठ ओभरमा झारेर सुरु गरिएको थियो । जसमा साउदीले पहिला ब्याटिङ गर्दै ७ विकेट गुमार ८ ओभरमा ७३ रन बनाएको थियो ।

    ७४ रनको लक्ष्य पाएको नेपालले ७.२ ओभर मा ४ विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गरेको हो । नेपाला लागि गुल्सन झाले नटआउट १९ बलमा ३२ र कप्तान रोहित पौडेलले नटआउट ७ बलमा १६ रन बनाए ।

    नेपालसँग साउदी पराजित भएसँगै समूह ए बाट हङकङ चाइना उपविजेता बन्दै सेमिफाइनल पुगेको छ । ७ वैशाखमा सेमिफाइनल खेल हुनेछन् । तर, समूह बी बाट सेमिफाइनल पुग्ने टिमको टुंगो नलागेकाले नेपालको खेल कुन टिमसँग पर्छ भन्ने यकिन भइसकेको छैन । बुधबार बेलुका सकिने खेलबाट त्यसको टुंगो लाग्नेछ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार