बिहिबार, बैशाख २० २०८१

आईसीसी वरीयतामा दीपेन्द्रको छलाङ

आईसीसी वरीयतामा दीपेन्द्रको छलाङ


  • सक्रियखबर
  • बुधबार, बैशाख ५ २०८१

  • नेपालका दीपेन्द्रसिंह ऐरी आईसीसी वरीयताको उच्च स्थानमा पुग्ने नेपाली खेलाडी बनेका छन् ।

    आईसीसीले मंगलबार जारी गरेको नयाँ आईसीसी वरीयताअनुसार दीपेन्द्र टी– २० अलराउन्डरमा १४ स्थानमा छलाङ लगाउँदै ११औँ स्थानमा आइपुगेका छन् । नयाँ वरीयता जारी गरेपछि आईसीसीले दीपेन्द्रबारे कभर स्टोरीसमेत प्रकाशित गरेको छ ।

    ओमानमा जारी एसीसी प्रियिमर कप प्रतियोगितामा छ छक्का प्रहार गरेर विश्वभर चर्चित भएका थिए ।

    दीपेन्द्रले अस्ट्रेलियाका वर्तमान कप्तान मिचेल मार्स, वेस्ट इन्डिजमा विस्फोटक अलराउन्डर रोमारियो सेफर्ड, अस्ट्रेलियाका ग्लेन म्याक्सवेललगायतका खेलाडीलाई पछाडि पारेका छन् । यो विधामा बंगलादेशका शाकिब अल हसन एक नम्बरमा छन् ।

    नेपालका कप्तान रोहित पौडेलले भने टी– २० अलराउन्डरमा ६ स्थान गुमाएका छन् । उनी ६२औँ स्थानमा पुगेका छन् । यथास्थानमा रहेका गुल्सन झा ६९औँ स्थानमा छन् । तीन स्थान गुमाएका करण केसी ८०औँ स्थानमा छन् ।

    यस्तै, ब्याटिङतर्फ रोहित पौडेल दुई स्थान गुमाएर ५४औँ स्थानमा छन् भने दीपेन्द्र १६ स्थान सुधारेर ६२औँ स्थानमा पुगेका छन् । यस्तै, आसिफ शेख ३६ स्थान सुधार गर्दै ७५औँ स्थानमा आइपुगेका छन् । उनी पहिलोपटक टप १०० भित्र परेका हुन् । कुशल मल्ल ९ स्थान सुधार गरेर १००औँ स्थानमा परेका छन् । टी– २० बलिङतर्फ नेपालका कुनै पनि खेलाडी टप सयभित्र छैनन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार