बिहिबार, बैशाख २० २०८१

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य


  • सक्रियखबर
  • मंगलबार, बैशाख ४ २०८१

  • पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य वृद्धि भएको छ ।

    मङ्गलबार बिहानदेखि कायम हुने गरी  मूल्यमा वृद्धि भएको हो ।

    नेपाल आयल निगमले साेमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार इण्डियन आयल कर्पाेरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको प्रतिलिटर दुई रुपैया ९६ पैसा र डिजेलको प्रतिलिटर तीन रुपैया ४६ पैसा मूल्य बढेको हो ।

    नयाँ खुद्रा मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक सय ७८, डिजेल र मट्टितेल प्रतिलिटर एक सय ६१ रुपैयाँ पुगेको छ । पहिलो वर्ग अन्तर्गतको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य एक सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ ।

    यस्तै दोस्रो वर्ग अन्तर्गतको सुर्खेत र दाङका लागि एक सय ७७ रुपैयाँ मूल्य रहेको छ भने तेस्रो वर्ग अन्तर्गतको काठमाडौं, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य एक सय ६१ रुपैयाँ कायम गरिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार