सोमबार, बैशाख ३१ २०८१

टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक


  • सक्रियखबर
  • सोमबार, चैत्र २६ २०८०

  • नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सोमबार सार्वजनिक गरिएको छ ।

    काठमाडौंमा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेपका सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरेका हुन् ।

    आगामी जूनमा अमेरिका र वेस्ट इन्डिजमा हुने टी– २० विश्वकप प्रतियोगितामा नेपाली खेलाडीले लगाउने जर्सी सोमबार सार्वजनिक गरिएको हो ।

    नयाँ जर्सीको सबैभन्दा तल गैँडा र सगरमाथा छ । रङ रातो, हल्का मधुरो र सेतोमा छ । बीचमा नेपाल लेखिएको छ । बीचको भागको रङ नीलो छ । बायाँतर्फ क्यान र दायाँतर्फ टी– २० विश्वकपको लोगो छ । घाँटीको भाग रातो रङमा छ । दुवै भागतर्फ बाहुलामा नेपालको झण्डा छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार