बिहिबार, बैशाख २० २०८१

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा


  • सक्रियखबर
  • बुधबार, चैत्र २१ २०८०

  • गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् ।

    मुख्यमन्त्री पाण्डेले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष उनको निवासमा पुगेर राजीनामा बुझाएका हुन् ।

    गत चैत फागुन २३ गते माओवादीले समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो । अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले यही २२ गतेभित्र संसद्‌मा विश्वासको मत लिनुपर्ने थियो । तर पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलकाे हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति अपनाएका छन् ।

    राप्रपाले एमालेका खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन सहयोग नगरेमा पाण्डे ठूलो दलको हैसियतले मुख्यमन्त्री बन्छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार