सोमबार, बैशाख ३१ २०८१

आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरकाे चेतावनी

आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरकाे चेतावनी


  • सक्रियखबर
  • बुधबार, असोज ३ २०८०

  • काठमाडौँ महानगरपालिकाले स्कुल बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने भएको छ ।

    नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन भइरहेका बेला महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या पारेको खण्डमा त्यस्ता शिक्षकहरूमाथि कारबाही गर्ने जनाएको हो ।

    त्यसका लागि काठमाडौँ महानगरपालिकाले शिक्षा विभागलाई आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन दिएको छ ।

    यसअघि पनि काठमाडौँ महानगरपालिकाले शिक्षक कर्मचारीहरूलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो । विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने सम्मको चेतावनी दिएको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार