सोमबार, बैशाख ३१ २०८१

तिनाउ नदीमा ठूलो बाढी, सतर्क रहन आग्रह

तिनाउ नदीमा ठूलो बाढी, सतर्क रहन आग्रह


  • सक्रियखबर
  • मंगलबार, साउन ९ २०८०

  • लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ ।

    रुपन्देही, पाल्पा, नवलपरासी, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ नदी र पश्चिम राप्ती नदीमा बाढी आएको छ ।

    जल तथा मौसम विज्ञान विभागले आज बिहान ६:१५ बजे सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढी मापन केन्द्र बुटवलमा जलसतह खतराकाे तहभन्दा निकै माथि पुगेको र बढ्दो रहेको छ । त्यसैले तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने भएकाेले होचा स्थानमा हुनेहरूले दिउँसो १२ बजे सम्म सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरिएकाे छ ।

    यसैगरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ । वर्षाका कारण विनयी लगायत साना खोलाहरूको बहाव बढ्ने सम्भावना छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

    विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार दाङको बबई नदी आसपासमा पनि अत्याधिक वर्षा मापन भएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार