सोमबार, बैशाख ३१ २०८१

प्युठानमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु

प्युठानमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु


  • सक्रियखबर
  • सोमबार, जेष्ठ २९ २०८०

  • प्युठानको स्वर्गद्वारीमा तीर्थयात्री चढेको कार दुर्घटना हुँदा चार बालकसहित ८ जनाको मृत्यु भएको छ ।

    सोमबार दिउँसो स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्री सवार लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी-४ भ्यागुतेमा दुर्घटनामा परेको हो । दुर्घटनामा कारमा सवार चार बालकसहित ८ जनाकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी सुवास खड्काले जानकारी दिए ।

    उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका सबैलाई तत्काल उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल प्युठान पठाइएको थियो ।  तर, अस्पताल पुर्‍याउनासाथ चिकित्सकले ८ जनालाई नै मृत घोषणा गरेका थिए । मृतकमध्ये दाङको लमही नगरपालिका- ५ का तारा कुमालको मात्रै पहिचान भएको डीएसपी खड्काले बताए ।

    बाँकी ७ जनाको भने परिचय खुल्न नसकेको उनले बताए । कार तीव्र गतिमा रहेको र घुम्तीमा अनियन्त्रित भएर सडकबाट खसेको प्रहरीको आशंका छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार