सोमबार, बैशाख ३१ २०८१

मधेस प्रदेश : नवनियुक्त तीन मन्त्रीले लिए शपथ

मधेस प्रदेश : नवनियुक्त तीन मन्त्रीले लिए शपथ


  • सक्रियखबर
  • मंगलबार, जेष्ठ ९ २०८०

  • मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    नवनियुक्त मन्त्रीहरूले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ गराए ।

    नेपाली कांग्रेसका कृष्णप्रसाद यादव र वीरेन्द्र प्रसाद सिंह तथा एकीकृत समाजवादीका गोविन्द बहादुर न्यौपानेलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

    यादवले भौतिक पूर्वाधार विकास, सिंहले स्वास्थ्य तथा जनसंख्या र न्यौपानेले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका हुन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार