सोमबार, बैशाख ३१ २०८१

देशभर थपिए ११,३५२ जना कोरोना संक्रमित

देशभर थपिए ११,३५२ जना कोरोना संक्रमित


  • सक्रियखबर
  • बुधबार, माघ ५ २०७८

  • पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३५२ जना कोरोना संक्रमित थपिएका छन् । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १८ हजार ७८ नमुनाको पीसीआर परिक्षण गर्दा ९ हजार ५०२ तथा ५ हजार ३३१ नमुनाको एन्टीजेन परिक्षण गर्दा १ हजार ८५० जना गरी जम्मा ११ हजार ३५२ जना कोरोना संक्रमित थपिएका हुन् ।

    यस्तै पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार