बिहिबार, बैशाख २० २०८१

आईपीएल : हैदराबादको कीर्तिमानी स्कोर, आरसीबी पराजित

आईपीएल : हैदराबादको कीर्तिमानी स्कोर, आरसीबी पराजित


  • सक्रियखबर
  • मंगलबार, बैशाख ४ २०८१

  • इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई २५ रनले पराजित गरेको थियो ।

    सुरुवाति ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा २८७ रन बनाएको थियो । २८८ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको बैंगलुरु ७ विकेटको क्षतिमा २६२ रनमा समेटिएपछि हैदरावादले २५ रनको जित निकालेको हो ।

    गए रातिको खेलमा छक्काको वर्षा भएको थियो । हैदरावादले आईपीएलको इतिहासको सबैभन्दा ठूलो स्कोर खडा गरेको थियो । जारी आईपीएलमै मुम्बई इन्डियन्सविरुद्ध आफैँले बनाएको २७७ रनको रेकर्ड हैदरावादले तोडेको छ । सोमबार हैदरावादले ३ विकेट गुमाएर २८७ रन बनाएको छ । यो आईपीएल इतिहासकै सर्वाधिक रन हो ।

    हैदरावादका लागि ओपनर ट्रेभिस हेडले ४१ बलमा १०२ रन बनाउँदा ८ छक्का प्रहार गरे । यस्तै हेनरी क्लासेनले ३१ बलमाा ६७ रन बनाउँदा ७ छक्का प्रहार गरे । यस्तै अब्दुल समदले नटआउट १० बलमा ३७ रन बनाए भने एडन मार्कमले नटआउट १७ बलमा ३२ रन बनाए ।

    जवाफी ब्याटिङमा उत्रिएको बैंगलुरुका विराट कोहलीले २६ बलमा २ छक्का र ६ चौका प्रहार गर्दै ४२ रन जोडे भने फाफ डुप्लेसीले २८ बलमा ४ छक्का र ७ चौकाको मद्दतमा ६२ रन बनाए ।

    त्यस्तै विल ज्याक्सले ४ बलमा १ चौकाको मद्दतमा ७ रन बनाउँदा रजत पाटिदारले ५ बलमा १ छक्कासहित ९ रन बनाए । सौरभ चौहान शून्यमा आउट भए ।

    त्यस्तै ३५ बल सामना गरेका दिनेश कार्तिकले ५ चौका र ७ छक्कासहित ८३ रन बनाए । त्यस्तै ११ बल सामना गरेका महिपाल लोमरोरले २५ रन बनाउँदा अनुज रावतले १४ बलमा नटआउट २५ रन जोडे । विजयकुमार व्यसक १ रनमा नटआउट रहे ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार