बिहिबार, बैशाख २० २०८१

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले तेस्रोपटक पाए विश्वासको मत

वाग्मतीका मुख्यमन्त्री जम्कट्टेलले तेस्रोपटक पाए विश्वासको मत


  • सक्रियखबर
  • सोमबार, चैत्र १९ २०८०

  • बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्राे पटक विश्वासकाे मत पाएका छन् ।

    उनले सत्ता गठबन्धनमा रहेका दलहरू एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका एक सांसदकाे मत पाए ।

    राप्रपा र नेमकिपाका सांसद तटस्थ बसे । कांग्रेसका ३७ सांसदले विश्वासकाे मतकाे विपक्षमा मत दिए । बागमती प्रदेशसभामा १ सय १० प्रदेशसभा सदस्य रहेकाेमा मतदानमा १ सय ८ जना सहभागी भएका थिए ।

    विश्वासकाे मतकाे पक्षमा ५६, विपक्षमा ३७ मत परेकाे हाे । १५ सांसद तटस्थ रहे । विश्वासकाे मत जित्नका लागि ५६ मत आवश्यक रहेकाेमा मुख्यमन्त्री जम्कट्टेलले ५६ मत नै पाएका हुन् ।

    २०७९ पुस २५ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री बनेका माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेलले सत्ता समीकरणमा आएको फेरबदलसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि सोमबार प्रदेशसभाबाट फेरि विश्वासको मत लिएका हुन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार