बिहिबार, बैशाख २० २०८१

एकीकृत समाजवादीले वाग्मतीका मुख्यमन्त्रीलाई दिने भयाे विश्वासको मत

एकीकृत समाजवादीले वाग्मतीका मुख्यमन्त्रीलाई दिने भयाे विश्वासको मत


  • सक्रियखबर
  • सोमबार, चैत्र १९ २०८०

  • नेकपा एकीकृत समाजवादीले बागमती प्रदेश सरकारलाई विश्वासको मत दिने भएको छ ।

    सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र नेकपा एसका अध्यक्ष माधव नेपालबीचको छलफलपछि नेकपा एस बागमती सरकारलाई विश्वासको मत दिन तयार भएको हो ।

    आलोपालो मुख्यमन्त्री हुने सहमति भएपछि नेकपा एसले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय भएको संसदीय दलका नेता कृष्णप्रसाद खनालले जानकारी दिए ।

    ‘शीर्ष नेताहरूबीच मुख्यमन्त्री आलोपालो हुने सहमति भएको छ । त्यही अनुसार हामी विश्वासको मत दिने भयौँ,’ उनले भने ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार